काठमाडौँ । मानव स्वास्थ्यका लागि दैनिक खानपानको ठूलो महत्त्व छ । डाक्टर, अस्पताल र औषधिहरूले मात्रै मान्छेको स्वास्थ्य निर्धारण गर्दैन । उनीहरूको खानपिन, सांस्कृतिक बनावट, चालचलन, शिक्षा र आर्थिक अवस्थाले पनि स्वास्थ्य निर्धारण गर्छ । अहिले नेपालमा जनस्वास्थ्यको विषय त्यति सन्तोषजनक अवस्था नभए पनि तथ्यांकले के देखाउँछ भने नसर्ने रोगहरू एकदमै बढ्दै गइरहेको छ ।…