काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्मा यतिबेला काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) र नोबेल मेडिकल कलेजेको संयुक्त स्वास्थ्य टोली लिएर मधेश प्रदेशमा छन् । सर्लाहीको भ्रमण सकेर सप्तरीतर्फ लागेका उक्त टोलीले आइतबार सप्तरीको बोदेबरसाइन नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । स्वास्थ्य शिविरमा एक हजार ३२३ जनाले सेवा लिएको केएमसीका प्रबन्धक…