नेपालगन्ज उपमहानगरपालिकामा १ सातायता दादुरा महामारी फैलिएपछि बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप प्रदान गर्न सुरु गरिएको छ । शुक्रबारदेखि जोखिम देखिएका वडाहरूका ६ महिनादेखि १५ वर्ष उमेर समूहका करिब १० हजार ९ सय ९६ बालबालिकार्लाइ खोप लगाइँदै छ । दादुरा रुबेलाका लक्षण देखियमा नजिकको स्वास्थ्य सस्थामा सम्पर्क गरी बालबालिकालाई खोप लगाउन सबैलाई अनुरोध गरिएको स्वास्थ्य कार्यालय…