गण्डकी प्रदेशमा आज ५० जना कोरोना संक्रमित थपिए

काठमाडौं ।गण्डकी प्रदेशमा आज ५० जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज ५० जना संक्रमित थपिएका हुन् । यो सँगै अब प्रदेशमा संक्रमितको संख्या ३,१६६ पुगेको छ ।आज थपिएका मध्ये कास्कीका २९ जना, बाग्लुङका ३ जना, तनहुँका ५ जना र गोरखाका १३ जना रहेका छन् ।

Logo