एसिड आक्रमणमा परेकाहरुको अब नि:शुल्क उपचार हुने भएको छ । उपचारका लागि सरकारले चारवटा अस्पताल तोकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एसिड आक्रमणमा परेका पीडितहरुले आकस्मिक उपचारका लागि देशको कुनै पनि स्वास्थ्य संस्थाबाट निः शुल्क सेवा लिन सक्ने छन् । आकस्मिक उपचार पछि थप उपचार गर्नु परेमा काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल,वीर अस्पताल,कीर्तिपुर…