नेपालमा थप ६२ लाख मात्रा (डोज) फाइजर खोप आउने भएको छ। अमेरिकी सरकारको सहयोगमा कोभ्याक्समार्फत ६२ लाख डोज खोप नेपाल आउने भएको स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरासियाले जानकारी दिएका छन्। उनका अनुसार अमेरिकाले प्रदान गर्ने ६२ लाख डोज खोपमध्ये १५ लाख डोज खोप चैत ११ गते (२५ मार्च) सम्ममा नेपाल…