नेपालमा कोरोना संक्रमितको संख्या २१८ पुग्यो

काठमाडौं ।नेपालमा कोरोना संक्रमितको संख्या २१८ पुगेको छ । आज देखिएका नयाँ संक्रमित बाँके जिल्ला स्थित नेपालगंजका ३६ वर्षिय पुरुष हुन् ।उनको धुलिखेल अस्पतालमा गरिएको परिक्षणमा पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म भेटिएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि मन्त्रालयले जनाएको छ ।नेपालमा हालसम्म ३४ जना निको भएका छन् ।

Logo