काभ्रे।कोरोना भाइरसको सङ्क्रमण फैलिरहेका बेला काभ्रेपलाञ्चोकका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले कसरी सुरक्षित विधि अपनाएर काम गर्ने भन्ने विषयमा प्रतिकार्यको नमूना विधि प्रदर्शन गरेका छन् ।नेपाली सेना विष्णु दल गण, धुलिखेल अस्पताल र नेपाल रेडक्रस सोसाइटीको आयोजनामा बुधबार भएको अभिमुखीकरण कार्यक्रममा जिल्लास्तरदेखि स्थानीय तह र वडास्तरका ‘कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी’ र ‘प्यासेन्ट रिसिभिङ टिम’ले काम गर्ने विधि…