संसद् पुनर्स्थापना भएको दुई महिना बितिसक्यो। यो बीचमा पटकपटक अविश्वास प्रस्तावको हल्ला र चर्चा चल्यो तर त्यो प्रयासले आकार लिन सकेन। विपक्षीहरू अविश्वासको प्रस्तावको तयारीमा अलि तात्दै गर्दा गत वैशाख ६ गते सरकारले पुर्स्थापित संसद्को अधिवेशन नै अन्त्य गरिदियो। कोरोनाको संक्रमण बढेर लकडाउन हुन थालेपछि अहिले फेरि अविश्वास प्रस्ताव ल्याउन कांग्रेस र माओवादी तातेका छन्। …