चालू आर्थिक वर्षको पाँच महिनामा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १०.४ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ७.१ प्रतिशतले बढेको थियो। नेपाल राष्ट्र बैङ्कबाट प्रकाशित आव २०७८/७९ को पाँच महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार सो अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैङ्कको कर्जा प्रवाह १० प्रतिशतले, विकास बैङ्कको…