बलात्कार आरोपमा सफाइ पाएका सिद्धबाबा भनिने कृष्णदास गिरीविरुद्ध मुद्दाको पुनरावेदन हुन ढिलाइ भइरहेको गुनासोपछि बल्ल उच्च अदालत विराटनगरले फैसलाको सक्कल मिसिल झिकाउन पत्राचार गरेको छ । सो फैसलाविरुद्ध २८ फागुनमा पुनरावेदनका लागि दर्ता भएपछि उच्च अदालतले सक्कल मिसिल झिकाउन सरकारी वकिलको कार्यालयलाई पत्राचार गरेको हो । गत २२ मंसिरमा जिल्ला अदालत सुनसरीले सिद्धबाबालाई बलात्कार आरोपमा सफाइ दिएको…