नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगनकुमार थापाले नेकपाको विवाद नटुंगिएसम्म कांग्रेसले तत्काल कुनै पनि समूहलाई संसदमा समर्थन नगर्ने बताएका छन् । शनिवार सिन्धुलीमा नेपाली कांग्रेस तीन पाटन गाउँपालिका समितिले आयोजना गरेको विशाल आमसभालाई सम्बोधन गर्ने क्रममा थापाले नेकपाको ओली र प्रचण्ड–नेपाल समूहभित्रको आधिकारिकता स्पष्ट नभएसम्म कुनै पनि पक्षसँग संवाद नगर्ने बताएका हुन् ।…