काठमाडौं–तराई द्रुतमार्ग आयोजनाअन्तर्गतका मुख्य र जटिल मानिने सुरुङमार्ग र विशेष पुल बनाउने ठेक्का पाएका दुई वटै चिनियाँ कम्पनीका अधिकारीहरू नेपालमा आएका छन् । दोस्रो प्याकेजको ठेक्का पाएको पोली च्याङ्दा इन्जिनीयरिङ कर्पोरेशनका अधिकारी आएको एक महिनापछि पहिलो प्याकेजको टोली काठमाडौंमा आएको हो । पहिलो प्याकेजको छोक्रेडाँडा–धेद्रेखोलासम्मको सुरुङमार्ग तथा पुल बनाउने ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनीयरिङ…