काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन विहीबार काठमाडौंमा सम्पन्न भएको छ । उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का लागि नयाँ नेतृत्व चयन गरेको छ । ग्लोबल समितिको नयाँ कार्यसमितिको अध्यक्षमा बेल्जियम निवासी अर्जुन काफ्ले निर्वाचित भएका छन्। त्यसैगरी उपाध्यक्षहरूमा मित्रलाल पार्दे (पोल्याण्ड), राधी क्षेत्री (अमेरिका), राजमान तामाङ (डेनमार्क), कुलराज थापा (नेपाल)…