प्रधानमन्त्री कार्कीसँग हमासको नियन्त्रणमा रहेका विपिन जोशीका आमा र बहिनीको भेट

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग प्यालेस्टिनी समूह हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका आमा र बहिनीले भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री कार्कीलाई भेटेर विपिनका आमा पदमा र बहिनी पुष्पाले विपिनको शीघ्र रिहाइका लागि कूटनीतिक पहल गरिदिन आग्रह गरेका हुन् ।। त्यस अवसरमा प्रधानमन्त्री कार्कीले विपिनको रिहाइका लागि सरकारले हरसम्भव प्रयास गर्ने…

Logo