काठमाडौं । नेपाल प्रहरीले आज नयाँ नेतृत्व पाउँदैछ । आईजीपी वसन्तबहादुर कुँवर ३० वर्षे सेवा अवधिको कारण सोमबारदेखि अवकाशमा जाने भएपछि नयाँ आईजीपी नियुक्त हुने भएका हुन् । कुँवरसहित ५ एआईजी र ३ डीआईजी पनि अवकाशमा जान लागेका हुन्। त्यसका लागि आज अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बोलाइएको छ । नेपाल प्रहरी…