काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले आदिवासी जनजातिहरुको लिखित इतिहास नभएको बताएका छन् । संयुक्त ल्होसार/ल्होछार/लोसार शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले आदिवासी जनजातिहरुको किवदंन्तीहरु, कथाहरुमा मात्र उनीहरुको इतिहास भएकाले यो इतिहासलाई व्यवस्थित गर्नको लागि आदिवासी जनजातिहरुको भाषालाई मान्यता दिनुपर्ने बताएका छन् । उनले भने, ‘आदिवासी जनजातिहरुले हामीलाई संघीय लोकतान्त्रिक गणतन्त्रमा ल्याउन महत्वपूर्ण…