काठमाडौं । युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले लागु औषध दुर्व्यसनीको समस्या राष्ट्रिय बेथिति भएकाले सबै राजनीतिक दलले मिलेर दुर्व्यसनीको विषयलाई राजनीतिक मुद्दा बनाएर कार्य गर्नुपर्ने बताएका छन्। बुधबार बिहान काठमाडौंमा लागू औषध दूरुपयोग तथा अवैध ओसार–पसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस पारेर गृह मन्त्रालयले आयोजना गरेको मूल समारोह कार्यक्रमा मन्त्री श्रेष्ठले लागू औषध दुर्व्यसनीको समस्या देशैभर फैलिएको…