सुनसरी । सुनसरीको गढी गाउँपालिका वडा नम्बर २ झोराटोल औराबनीस्थित विपन्न परिवारका २० घरपरिवारलाई नयाँ घर निर्माण गरी हस्तान्तरण गरिएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले शनिबार एक कार्यक्रमकाबीच उक्त बस्तीमा निर्माण भएको भवन परिवारलाई हस्तान्तरण गरेकी हुन्। त्यहाँस्थित भूमिहीन दलित आदिवासी जनजाति तथा अति विपन्न परिवारहरूका लागि सुरक्षित भूमि (भूमिहीन परिवारलाई भूमिको…