सुदूरपश्चिम । लामो समयपछि कैलालीसहितका जिल्लामा आज भएको वर्षाले चर्को गर्मीसँगै खडेरीको मारमा परेका नागरिकले राहत महसुस गरेका छन् । वर्षाका कारण राहत महसुस भएको स्थानीय झलक बोहराले बताए । “पानी नपाएर मर्न थालेका बोटविरुवा र कृषि बालीलाई आजको वर्षाले फाइदा पुगेको छ”, उनले भने, “गर्मीसँगै वन क्षेत्रमा बढेको डढेलोको समस्या रोक्नपनि वर्षाले सहयोग गर्नेछ…