काठमाडौँ महानगरपालिकाले घरेलु फोहोरको दिगो समाधानका लागि विज्ञ समूहबाट त्यसको सामाजिक,आर्थिक तथा प्राविधिक अध्ययन गर्ने भएको छ। अध्ययनका लागि महानगरपालिकाले भारतीय विज्ञसहितको समूह तयार गरेको छ। महानगरपालिकाले भारतको इन्दोर सहरको फोहोर व्यवस्थापनमा खटिएका विज्ञसहितको टोलीलाई काठमाडौँको फोहोर व्यवस्थापनका लागि त्यसको सामाजिक, आर्थिक तथा प्राविधिक पक्षको अध्ययन गर्ने जिम्मेवारी दिएको हो। ‘८ बर्षको अवधिमा इन्दोरले घरेलु…