म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा निःशुल्क भोजनसहितको तीर्थयात्री निवास सञ्चालन भएको छ। मुक्तिनाथ, गलेश्वर, बागलुङ कालिका, पञ्चकोट, गुप्तेश्वर गुफालगायत धार्मिकस्थल दर्शनका लागि आउने भक्तजनलाई लक्ष्य गरी रत्नेचौरको श्री लक्ष्मीहरि मन्दिरमा धर्मशाला सञ्चालन गरिएको हो। मन्दिरका महन्थ जगतगुरु हिमालय बाबाले सरकारी निकाय र समुदायको सहयोग जुटाएर भवन निर्माण गरी धर्मशाला सञ्चालन गरिएको जानकारी दिए। “म्याग्दी, बागलुङ र…