काठमाडौंको जडिबुटीमा निर्माण गरिएको बसपार्क नभत्काउन उच्च अदालत पाटनले काठमाडौं महानगरको नाममा अन्तरिम आदेश जारी गरेको छ। श्यामबहादुर लामाले दिएको रिट निवेदनमा आइतबार न्यायाधीशद्वय ध्रुवराज नन्द र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले मुद्दाको टुंगो नलागेसम्म कुनै पनि संरचना नभत्काउन अन्तरिम आदेश गरेको हो। ‘यसमा निवेदकले निर्माण गरेका संरचना नबिगार्नु, नभत्काउनु भन्ने निषेधाज्ञाको आदेश जारी गरिपाउँ भन्ने…