ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेशको आयोजना एवम् नेपाल एकेडेमी अफ टुरिज्म एण्ड होटेल म्यानेजमेन्ट (नाथम)को प्राविधिक सहकार्यमा गरिएको छ हप्ते तालिमबाट पोखरामा दुई सय ९२ जना पथप्रदर्शक (गाइड) थपिएका छन्। पदयात्रा पर्यटनलाई व्यवस्थित एवं प्रभावकारी बनाउने उद्देश्यका साथ गरिएको तालिममा आवश्यक मापदण्ड पूरा गरी अन्तवार्तामार्फत् छनोट भएका दुई सय ९८ जना सहभागी…