झापा र पर्साबाट लागुऔषधसहित दुईजना पक्राउ परेका छन्। झापाकाे बिर्तामोड नगरपालिका-३ पुण्डरी चोकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम ८ सय मिलिग्रामसहित ईलाम चुलाचुली गाउँपालिका-४ बस्ने २७ वर्षीय सुरेश लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेलापारी पक्राउ गरेको हो । पर्साकाे कालिकामाई गाउँपालिका-१ तिनदुविया गाउँ…