काठमाडौं। नेपाली कांग्रेसको लामो समयदेखि चर्किएको आन्तरिक विवादमा सर्वोच्च अदालतले निर्णायक फैसला गर्दै गगन थापा–विश्वप्रकाश शर्मा नेतृत्वलाई आधिकारिकता दिएको छ। यससँगै पार्टीभित्रको ‘विद्रोह’ अब कानुनी रूपमा पनि वैध ठहरिएको छ। विशेष महाधिवेशनमार्फत बनेको नेतृत्वलाई अदालतले मान्यता दिएपछि देउवा समूहको रणनीति अब के हुन्छ भन्ने ठूलो प्रश्न खडा भएको छ। संस्थापन पक्षले सुरुदेखि नै अस्वीकार गरेको…