नवलपुर। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा दुई दिनसम्म सञ्चालन भएको ‘राष्ट्रिय पर्यटन काव्य उत्सव–२०८२’ सम्पन्न भएको छ। गैँडाकोट नगरपालिका र नगर प्रज्ञाप्रतिष्ठानको संयुक्त आयोजनामा नारायणी नदीस्थित राइनो क्रुजमा कार्यक्रम गरिएको थियो। उत्सवमा करिब एक सयभन्दा बढी स्रष्टाले कविता, गजल, गीत तथा कार्यपत्र प्रस्तुत गर्दै साहित्य र पर्यटनबीचको सम्बन्धलाई उजागर गर्ने प्रयास गरेका थिए। उद्घाटन सत्रमा नगरप्रमुख…