कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरस्थित रामजानकी मन्दिरलाई मर्मत गरी रङरोगन गरेर पुनर्निर्माण गरिएको छ। पुरानो पर्खाल भत्काएर नयाँ पर्खाल बनाइएको छ र त्यसमा स्टिल रेलिङ राखिएको छ। मन्दिरको मुख्य गेट नयाँ डिजाइनमा निर्माण गरिएको छ। मुख्य गेटदेखि मन्दिरसम्मको बाटो ढलान गरिएको छ। मन्दिर परिसरमा बस्नको लागि चौतारो बनाइएको छ। यी कार्य चन्दा सहयोगबाट सम्भव भएको हो।…