गलेश्वर। म्याग्दीका राजनीतिक दल र उम्मेदवारहरूले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रचार शैली बदल्दै घरदैलो, साना कार्यक्रम र डिजिटल माध्यममा जोड दिएका छन्। विगतका निर्वाचनमा भित्तामा टाँसिने पोस्टर–पम्प्लेट र ठूला सभाभन्दा यसपटक उम्मेदवारहरूले टोल–बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद, घरदैलो र साना कार्यक्रम सञ्चालन गर्दैछन्। साथै सामाजिक सञ्जालमार्फत डिजिटल प्रचार सामग्रीको प्रयोगलाई व्यापक प्राथमिकता दिइएको छ।…