खोटाङ। खोटाङमा दिक्तेल–रेग्मीटार सडकखण्डको घर्तीभिरमा रहेको चट्टान फुटाउन काम सुरु गरिएको छ । कोशी प्रदेश सरकारको लगानीमा दिक्तेल रुपाकोट मझुवागढी–४ खाल्ले र हलेसी तुवाचुङ–११ राजापानीको सिमानामा यो काम भइरहेको भौतिक पूर्वाधार कार्यालयका अधिकृत सीताराम राउतले जानकारी दिए। दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक दिक्तेल बजारबाट तराई जोड्ने सबैभन्दा छोटो मार्ग भएकाले नगरपालिकाले यसलाई प्राथमिकता दिएको छ। सडक निर्माणका लागि…