काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी चन्द्रकला पौडेलले पाएकी छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सचिव पदमा कार्यरत पौडेललाई सरकारले जिम्मेवारी दिएको हो ।आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सो जिम्ेमवारी दिने निर्णय गरेको हो । ऐनमा अर्को व्यवस्था नभएसम्मका लागि पौडेललाई नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा कामकाज गर्नेगरी तोक्ने…