काठमाण्डौ । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट आजदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा सुरु हुँदैछ। उद्घाटन खेलमा नेपालले आज बिहान ९ बजे थाइल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। कप्तान इन्दु बर्माले प्रतियोगिताप्रति टोली उत्साहित रहेको बताउँदै १८ वर्षपछि यस्तो अवसर पाएकाले आत्मविश्वास बढेको भनिन्। नेपालले आयोजना गरेको अहिलेसम्मकै ठूलो प्रतियोगिताले भावी पुस्तालाई प्रेरणा दिने उनको विश्वास छ…