काठमाडौँ । नेकपा एमालेको जारी ११औं महाधिवेशनमा मतदान प्रक्रिया आफैंमा एउटा अनुभव बनेको छ । प्रतिनिधिहरूका लागि यो केवल भोट हाल्ने काम होइन, प्रविधिसँगको प्रत्यक्ष साक्षात्कारजस्तै भएको छ । मतदानस्थलमा प्रवेश गर्नुअघि प्रतिनिधिहरूले आफ्नो प्रतिनिधि कार्ड स्क्यान गर्नुपर्छ। स्क्यान सफल भएपछि मात्रै भित्र प्रवेश पाइन्छ। त्यसपछि कार्डमा प्वाल पारिन्छ, जसले एकपटक मात्र मतदान गर्न सकिने…