काठमाडौँ। सवारीसाधनको इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । अदालतले संविधानले सुनिश्चित गरेको भाषिक अधिकार र कानुनी व्यवस्थालाई आधार मानेर सरकारको निर्णय कार्यान्वयन रोक्न भनेको हो। न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले यातायात व्यवस्था विभागले जारी गरेको अंग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट बनाउने सूचनालाई…