काठमाडौं । नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी) र ऊर्जा सहसचिवस्तरीय संयुक्त कार्यदल (जेडब्ल्यूजी) बैठक मंगलबार र बुधबार पोखरामा बस्दैछ । मंगलबार नेपाल–भारत ऊर्जा सहसचिवस्तरीय संयुक्त कार्यदल (जेडब्ल्यूजी) बैठक बस्नेछ भने बुधबार ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी) बैठक बस्नेछ । उक्त बैठकमा नेपाल-भारतबीच रहेका प्रसारणलाइनहरुबारे छलफल हुनेछ । सञ्चालनमा आइसकेका, निर्माणाधिन र प्रस्तावित…