काठमाडौंसंसद्को अन्तर्राष्ट्रिय सम्बन्ध उपसमितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल घना जंगलमा हेलिकोप्टरबाट अनुगमन गरेको छ । नागरिक उड्डयन प्राधिकरणले व्यवस्थापन गरेको एमआई १७ हेलिकोप्टरबाट संसदीय उपसमितिका संयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पर्यटनमन्त्री रवीन्द्र अधिकारी, वनमन्त्री शक्ति बस्नेत, सांसदहरू दिव्यमणि राजभण्डारी, निर्जला राउत, वन, पर्यटन मन्त्रालयका कर्मचारी गरी २० जनाले विमानस्थल बन्ने चर्चामा रहेको क्षेत्र तथा कटान हुने वनक्षेत्र…