डोटी। युवती बलात्कारका आरोपमा जोरायल गाउँपालिका–३ बरमका ३१ वर्षीय एक युवक बिहीबार पक्राउ परेका छन्।इलाका प्रहरी कार्यालय जोरायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक महेन्द्र थापाका अनुसार बलात्कारका आरोपमा पक्राउ पर्नेमा टेकबहादुर ओली छन्।आफ्नै गाउँकी बिरामी युवतीलाई झारफुक गर्ने भनी बोलाए बलात्कार गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय जोरायलले जनाएको छ।अभियुक्त ओलीले आफूले…