सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको विवाद उत्कर्षमा पुगेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज पार्टी भित्रको विवाद उत्कर्षमा पुगेको भन्दै मन्त्री तथा राज्यमन्त्रीहरूलाई आ आफ्नो कित्तामा उभिन आग्रह गरेका छन्।प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार मन्त्री तथा राज्यमन्त्रीहरूलाई बोलाएर ओलीले यस्तो जानकारी गराएका हुन्। पार्टी एकताका लागि नेताहरूलाई दबाब दिन मन्त्रीहरूलाई आग्रह गर्दै उनले पार्टी बैठकमा एजेन्डाभन्दा…