काठमाडौं । सांसद पद फुकुवाको माग गर्दै शुक्रवार सिंहदरबारस्थित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको सभा कक्षमै उपस्थित भई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निवेदन दिएका छन् । लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराधसहित सम्पत्ति शुद्धीकरणमा कास्की जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएपछि कास्की जिल्ला प्रहरीले संघीय संसद सचिवालयमा जानकारी पत्र पठाएको थियो । उक्त पत्रलाई…