चितवन ।पवित्र तीर्थस्थल देवघाट धाममा माघे सङ्क्रान्ति मेला भर्न आउने तीर्थालु भक्तजनको घुइँचो लागेको छ । मङ्गलबार बिहान बेनीमा बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको थियो ।देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार ठूलो सङ्ख्यामा भक्तजन देवघाटमा रातभर जाग्राम बसेका थिए । बिहान स्नान गरेर फर्कने र स्नान गर्न आउनेको भिड लागेको…