केही समययता नेपाल र भारतबीच कालापानीको विषयलाई लिएर विवाद बढिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कलापानीबाट भारतीय सेना हटाउने कुरा गरेपछि भारतीय मिडियामा कालापानीको विषयमा चर्चा शुरु हुन थालेका छन् ।कालापानीमा भारतले अतिक्रमण गरेको नेपालका प्रधानमन्त्रीको भनाइपछि उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र राउतले त्यसमा प्रतिक्रिया दिएका छन् । उनले नेपालले कालापानी आफ्नो भएको दाबी गर्नु…