काठमाडौं,नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ । प्रधानसेनापति थापाले मंगलबार नेपाली सेनाको वेबसाइटमार्फत सार्वजनिक गर्नुभएको सम्पत्ति विवरणमा उहाँको काठमाडौँ महानगरपालिका–२६ लैनचौरमा आठ आना जग्गा र घर छ । सो जग्गा आमाबाट बकसपत्रमार्फत प्राप्त भएको हो ।थापाको लमजुङ बेँसीशहर नगरपालिका–४ मा अंशबण्डाबाट प्राप्त भएको १२ रोपनी, श्रीमती दीपाको नाममा कामनपा–२६ मा…