काठमाडौँ ।ज्येष्ठ नागरिकको शिक्षाका लागि योगदान दिने ‘एजिङ नेपाल’ संस्थाले प्राप्त गरेको युनेस्को अन्तर्राष्ट्रिय साक्षरता पुरस्कार सोमबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले हस्तान्तरण गरेका हुन् ।मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले पुरस्कारको तक्मा सो संस्थाका अध्यक्ष कृष्णमुरारी गौतम (चट्याङ मास्टर) लाई हस्तान्तरण गरेका हुन् । युनेस्को काठमाडौँका प्रमुख क्रिष्टिने म्यानहर्टले पुरस्कारको प्रमाणपत्र प्रदान गरे…