धनगढी,सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ मा अपेक्षा अनुसारको बजेट ल्याउन नसक्ने भएको छ । आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले संघीय सरकारले वित्तीय समानीकरण र सशर्त अनुदान दुई अर्बभन्दा बढी घटाएर प्रदेशलाई दिएपछि प्रदेश सरकारले अनुमान गरे अनुसार बजेट ल्याउन नसकिने बताए ।आर्थिक वर्ष २०७६/७७ को पूर्वबजेटबारे सञ्चारकर्मीहरूसँग गरिएको छलफलमा मन्त्री बोहराले…