काठमाडौं । स्थानीय तहहरुमध्ये सबैभन्दा ठुलो आकारको बजेट ल्याउने काठमाडौँ महानगरपालिकामा कार्यपालिका बैठक नै बस्न नसकेपछि बजेट पेश गर्नुपर्ने आज अन्तिम दिनमा पनि बजेट आउन सकेन । संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट असार १० गतेभित्र ल्याइसक्नुपर्छ। यसरी हिसाब गर्दा स्थानीय तहले बजेट ल्याउने आज मंगलबार अन्तिम दिन हो। धेरै पालिकाहरूले यसअघि नै…