काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले आफ्नो पार्टीले उठाउँदै आएका विषयवस्तु प्रधानमन्त्रीलाई सुनाउन नपाएको भन्दै बैठक बहिष्कार गर्नुपरेको जनाएका छन् । ‘भिजिट भिसा’ प्रकरणको उठाई संसद्मा विरोध जनाउँदै आएको सो पार्टीले आजको बैठकमा आफ्नो कुरा राख्न नपाउने र प्रधानमन्त्रीलाई सुनाउन नपाएको भन्दै बैठक बहिष्कार गर्नुपरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । उनले भने,…