काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा अध्ययनरत अर्की एक नेपाली छात्रा मृत फेला परेको घटनामा नेपाल सरकारले छानबिनका लागि कूटनीतिक पहल थालेको छ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले घटना भएलगत्तै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरू र दिल्लीस्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य छानबिन गर्न कूटनीतिक पहल थालेको…