सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का विवेक खड्का नेतृत्वमा प्यानल विजयी भएको छ । मंगलबार राति सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार नेविसंघका खड्काले नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका जगतजंग शाहीलाई २ सय ८० मतान्तरले पराजित गर्दै अध्यक्ष पदमा विजयी भएका हुन् । खड्काले १ हजार १ सय…