बैंकक । थाइल्यान्डका महा बजिरालोङकर्नसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज भेटवार्ता गरेका छन् । थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) कोे छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैंकक रहनुभएका प्रधानमन्त्री ओलीले राजा बजिरालोङकर्नसँग बैंककस्थित एम्फोर्न राजदरबारमा शिष्टाचार भेटवार्ता गरेका हुन् । राजदम्पत्तीले प्रधानमन्त्री ओली र प्रथम महिला…