मकवानपुर । नेपाली कांग्रेस मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ की उम्मेदवार महालक्ष्मी उपाध्यायले पुरुषप्रधान समाजमा चुनाव लड्नु चुनौतीपूर्ण भए पनि आफूले ती सबै चुनौती पार गर्दै अघि बढेको बताएकी छन् । चुनावी भेटघाटका क्रममा बोल्दै उपाध्यायले अहिलेसम्मको आफ्नो राजनीतिक यात्रालाई संघर्षपूर्ण तर आत्मविश्वासले भरिएको बताइन् । ‘चुनौतीहरू पार गर्दै यहाँसम्म आइपुगेकी छु, अब बाँकी चुनौती…